Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ। फाइनान्सका संस्थापकले १३ हजार ५६५ कित्ता सेयर बेच्न निवेदन दिएका हुन्।
सेयर खरिद गर्न विद्यमान संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ। इच्छुकले आगामी ३५ दिनमा निवेदन बुझाउन सक्ने जानकारी दिईएको छ ।
के कति कित्ता कति मूल्यमा किन्ने व्यहोरासहित निवेदन दिन फाईनान्सले जानकारी दिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार फाईनान्सको संस्थापक सेयर पछिल्लो पटक २८९ रुपैयाँ प्रति कित्ताका दरले किनबेच भएको थियो।
तोकिएको म्यादसम्म निवेदन नआए फाइनान्सले सर्वसाधारण तथा कुनै पनि इच्छुक संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल