Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘गोर्खा वारियर’को ट्रेलरको अनुपमले गरे प्रशंसा

बलिउडका चर्चित कलाकार अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारियर’को ट्रेलरको प्रशंसा गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै उनले ट्रेलरको प्रशंसा गरेका हुन् । उनले, निर्देशक मिलन चाम्सको समेत नाम उल्लेख गर्दै ट्रेलर आफूलाई निकै मन परेको लेखेका छन् । शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले दुई दिन औषत व्यापार गरेको छ । केही शहरमा फिल्मको व्यापार सुखद छ । विशेषगरि, फिल्म हेर्नका लागि लाहुरे र गोर्खाली सैनिकको पृष्ठभूमि भएका परिवारका सदस्यहरू बढी हलमा पुगेका छन् । शनिबार काठमाडौंका केही हल र धरानका हलमा दर्शकको चाप राम्रो देखिएको थियो । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको मेकिङको प्रशंसा पनि भइरहेको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, रेअर राई, कविता आले लगायतका कलाकारको अभिनय छ । फिल्मको बेलायत र नेपालका ३ शहरमा प्रिमियर समेत गरिएको थियो ।


सम्बन्धित समाचार