Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ मुजेलियामा सोही उपमहानगरपालिका-१ भानुचोक बस्ने ४१ बर्षीय मनोज साहको गोली हानी हत्या गरेको अभियोगमा सोही महानगरपालिका-१४ मुजेलिया बस्ने दामोदर भन्ने ३६ वर्षीय पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान गोली प्रहार हुँदा गम्भीर घाइते भएका साहलाई जनकपुर अञ्चल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनापश्चात तत्काल जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट अनुसन्धानमा खटिएको प्रहरीले सोही ठाउँस्थित ब्रम्हदेव यादवको घरमा लुकीछिपी बसेको अवस्थामा घटनामा संलग्न चौधरीलाई फेला पारी पक्राउ गरेको हो । साथै चौधरीको साथबाट नलकटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड र ७।६५ पेस्तोलमा लाग्ने गोली १५ राउन्ड तथा घटनास्थलबाट होममेड पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ४ राउण्ड र खोका २ थान प्रहरीले बरामद गरको छ ।