Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोली हानी श्रीमतीको हत्या

बाजुरा । आफ्नै ३३ वर्षीया श्रीमती सेतु रोकायालाई गोली हानी हत्या गरेको अभियोगमा बाजुरा गौमल गाउँपालिका(५ बिज्या ढुङगा बस्ने ४० वर्षीय गोरख रोकायालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गोरखले आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा गोठमा बुधबार साँझ भरुवा बन्दुकले टाउकोमा गोली हानी उनकै श्रीमती सेतुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा र ईलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार