Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोविन्द केसीले भने, माफियाका पक्षमा लबिङ गर्ने स्वास्थ्य मन्त्री बस्नेतलाई बर्खास्त गरियोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफिया पक्षमा लबिङ गरिरहेको भन्दै डा गोविन्द केसीले मन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्। आफूमाथि लाञ्छना लगाएको भन्दै ध्यानाकर्षण विज्ञप्ति जारी गर्ने क्रममा यस्तो बताएका हुन्। उनले भनेका छन्, हालै प्रचण्ड सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर वस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्ति प्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ। म माथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु। स्वास्थ्य मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव दै नभएको बताउँदै जान्ने प्रयास समेत नगरेको उनको भनाइ छ । ठुला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवाले स्वास्थ्य मन्त्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो, उनको आरोप छ। उनले सरकारलाई लाञ्छना लगाउनुभन्दा छानविन आयोग गठन गर्न चुनौती दिँदै आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन्। डा केसीले पद सम्हालेयता स्वास्थ्य मन्त्रीले मर्यादा विपरितका कृयाकलाप गर्दै आइरहेको आरोप पनि लगाएका छन्। शुरु देखि नै स्वास्थ्य मन्त्री माफियाहरुको पक्षमा नग्न रुपमा नै वकालत गर्दैआई रहेका छन् र संबन्धित सरकारी निकायहरूलाई खुला रूपमा दवाव र धम्की दिई रहेका छन्। मंत्रीले, वुझ्ने क्षमता छ भने के बुझ्नु पर्छ भने अहिले नेपालमा राणातन्त्र वा पंचायत तन्त्र छैन। लोकतन्त्र आएको तीन दशकभन्दा बेसी भई सक्यो तसर्थ प्रजातान्त्रिक मूल्य मान्यतामा चल्न सक्नु पर्छ, डा केसीले भनेका छन्।


सम्बन्धित समाचार