Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोविन्द केसी भन्छन् म कुनै हालतमा आइसियू जान्नँ

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यमा दिनानुदिन समस्या आइरहेको छ। जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसनरत् केसीको स्वास्थ्यमा समस्या आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताएका छन्। डा. केसीको शरीरमा क्रमिक रुपमा कमजोरीहरू आइरहेको उनले बताए।

रावलका अनुसार डा. केसीको पिसाबको मात्रामा पनि कमी आएको छ। रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। नशाबाट सलाइन लिन डा. केसीले नमानेको उनले बताए। दिनमा कम्तीमा पनि तीन पटक स्वास्थ्य जाँच गर्न डा. केसीलाई परामर्श दिइएको डा. रावलले बताए। डा. रावलका अनुसार केसीको उपचारमा चार जना स्वास्थ्यकर्मी खटाइएको छ। डा. अनुप मंगल सुमाल, डा. प्रवीनकुमार गिरी, नर्स सविना थापा उनको उपचारका लागि खटिएका छन्। उनको स्वास्थ्य अवस्थाबारे बुझ्न र उपचार गर्न अर्का एक डाक्टर खटाउन लागिएको उनले बताए।

डा. रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसीलाई राख्न आइसियू कक्ष समेत तयार पारिएको बताए। तर, केसीले आफ्नो माग पूरा नभएसम्म कतै पनि नजाने अडान लिइरहेका छन्। उनले माग पूरा नभए जुम्लामै प्राण त्याग्ने घोषणा गरेका छन्। केसी सोमबारदेखि जुम्लामा अनसनरत् छन्। माग पूरा नभएसम्म सत्याग्रह अन्त्य नगर्ने उनको अडान छ।