Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गौतमबुद्ध क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने बागमती प्रदेश सरकारको निर्णय

काठमाडौं । बागमती प्रदेश सरकारको आइतबार बसेको बैठकले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप बजेट निकासा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि थप १ करोड ८० लाख बजेट निकासा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सामाजिक विकास मन्त्रालय मार्फत् रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थप रकम सोमबार नै भरतपुर महानगरपालिकालाई रकमान्तर हुनेछ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९–०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । यस्तै मन्त्री परिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको असार २९ देखि साउन ४ गतेसम्म हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरेका नेकपा एमालेका मन्त्रीहरु बैठकमा उपस्थित थिएनन् ।


सम्बन्धित समाचार