Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गौतमबुद्ध विमानस्थलको फेरि म्याद थप्ने तयारी

बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद फेरि थप गर्नेबारे छलफल भइरहेको छ । विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्यन प्राधिकरणलाई पत्र पठाएको हो । विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति पुस १५ सम्म रहेकोमा सो समयमा काम नसकिने देखिएपछि तीन महिनाको म्याद थप माग गरिएको हो । निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि १० दिन अघिनै म्याद थप माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो ।
निर्माणाधीन कम्पनीले समयमा काम गर्न नसकेका कारणहरु प्रष्ट्याउँदै निवेदन दिएपछि प्राविधिक टोलीले अध्ययन गरेर म्यादको लागि प्राधिकरणले प्रकृया अघि बढाउने उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमा सम्पन गर्नका लागि केन्द्र सरकारले उच्च चासो दिएको छ । केन्द्रीय नेतादेखि मन्त्रीसम्मले महत्व दिएको यो विमानस्थल निर्माणको काम अहिलेसम्म ८५ प्रतिशत सम्मन भएको छ । यसअघि पनि तोकिएको समयमा काम नसकिए पछि ३ पटक समय थप भैसकेको छ । पहिलो पटक २०१८को १८ जनवरीदेखि जुन १५ सम्म, दोश्रो पटक २०१८ जुन १५ देखि जुन २८ (२०१९) सम्म र तेश्रो पटक जुन २०१९को २८ देखि डिसेम्बर ३१ सम्म का लागि म्याद थप भएको थियो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल