Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पार्टी एकता गर्दा एमाले र माओवादीका धेरै नेताका पूराना पद खारेज भए । संयुक्त पार्टीको महासचिव विष्णु पौडेल भए । अध्यक्ष ओलीको निर्णय इश्वर पोख्रेललाई मन परेको थिएन । ओलीका लागि पोख्रेल भन्दा विष्णु विस्वासी थिए । स्वार्थका लागि रातारात गुट फेर्ने आँफूले पद नपाउदासम्म पार्टीमा विधि र प्रकृयाको कुरा गर्ने पाएपछि अरु विरुद्ध जाईलाग्ने इश्वरको चरित्र थियो । उनी एकिकृत पार्टीको स्कूल विभाग प्रमुख भए । तर दुई वर्ष सम्म त्यो विभागको गतिविधि कतै देखिएन । इश्वरको पहिलो एजेण्डा पार्टी अध्यक्ष केपिलाई उचाल्ने दोस्रो एजेण्डा प्रचण्डलाई पछार्ने भयो । नेकपा भित्रै सोझै आगो झोस्ने काम यीनले गराए । एकताका काम सम्पन्न हुन दिएनन् ।
एमाले माओवादी मात्र छुट्याउने होइन एमाले भित्रै बामदेव र माधवलाई खेद्ने अभियानमा उनी थिए । त्यही अभियान अन्तर्गत इश्वरले बामदेवलाई वर्दियाबाट चुनाव हराएका थिए । माधव विरुद्ध उनी पार्टीको नवौ महाधिवेशनमै लागेका हुन् । चुनाव पार्टी अध्यक्षको भएको छ । ओली माधव च्यानल बनाएर चुनाव लडेका हुन् । त्यो बेला इश्वर र बामदेव भन्थे माधव नेपालको जनमत जफत गर्छौ । पार्टी एउटै छ बामदेव र इश्वरको मुख्याँइ ओलीलाई प्रभू ठान्ने सहयात्री नेता माधवको जमानत जफत गर्ने अहंकार कार्यकर्ता बीच प्रदर्शन भएकै हो । तर पदाधिकारी बहुमत माधवकै जिते । स्थायी समिति, केन्द्रीय समिति पनि उनकै बहुमत थियो । ओली राजनीतीक प्राणी नै थिएनन् । जसले आफ्नो एकल स्वार्थका लागि पार्टी एकता गरेर चुनाव जितेर नेकपाको सरकारको प्रधानमन्त्री भए एकिकृत पार्टी फुटाए । त्यसमा सघाउने इश्वर पोख्रेल हुन् । एकिकृत पार्टी फुटाउन ओलीलाई उचाल्ने इश्वर हुन् । बामदेव गौतमले पार्टी अध्यक्ष बनाएको राम्रै स्वाद पाएका छन् । जो सँग सिद्दान्त विचार पद्दति र विधिको बारेमा बहस हुदैन त्यसले गुटबन्दी बाहेक केहि गर्दैन । इश्वर पोखे्रल र बामदेव गौतम दुवै देश लुटाहा हुन् । तस्करसँगको यीनको साइनो अझै छ ।
उनीहरुको संगत तीनका पक्षका सांसदहरुको धन्दाले एमालेमा तस्कर भ्रष्टचारीको जमात बलियो छ भन्नै पर्छ । इश्वर पोख्रेलले पछिल्लो मन्त्री मण्डलमा उपप्रम सहित रक्षामन्त्री हँुदा सेनासँग सम्बन्ध बिगारेकै हुन् । कोरोना महामारीमा खरिद भएको औषधी जन्य सामाग्रीमा लुट मच्चाएका हुन् । प्रधानमन्त्री केपि ओलीको गुटमा बसेर ओलीलाई श्री ३ बनाएर लुट्ने धन्दा चलाएको यो टीमले माओवादीलाई सहन्छ कसरी ? जसले बुटवल महाधिवेशनमा माधवको साथ पाएर महासचिवको पद पाएको बिर्सियो । बैगुनी चरित्रले स्वार्थ हेर्छ कार्यकर्ता छोड्छ ।
अहिले माओवादीलाई लखेटेर दुई चार जना जनआधार नभएका खुविया नश्लका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीलाई बोकेर प्रधानमन्त्री केपिको फुर्ति लामो टिक्ने छैन । अरुलाई पदको लोभी भन्ने ओलीले सत्ता दीर्घकालीन रुपमा चलाउन पार्टी भित्रकालाई खेदेर ल्याइतेलाई काखी च्यापेका छन् । आफू धम्काएर मस्ती गर्ने अरुको मर्यादा नराख्ने केपि ओलीको शासन भ्रष्टचार र लुटतन्त्रमा मात्र होइन गुट तन्त्रमा समेत केन्द्रीत छ भन्ने छर्लङ्ग हुन्छ । विद्युत प्रयोग गरेर उद्योग चलाउने आफू मुनाफा कमाउने राज्यलाई कर नतिर्ने मात्र होइन विद्युत महशुल समेत नतिर्ने व्यापारीसँग पार्टी कार्यलय लिने विद्युत महशुल उठाउन चासो नदिन सम्वृद्दि र विकास जनताले चाहेकै होइन ।
जोरी खोज्दा सिङ्ग भाँचिन्छ । प्रदेशका सरकारहरु धमाधम फेरिदै गर्दा केन्द्रमा त्यो रोग नभित्र्याउन रातारात संसद बन्द गर्ने केपि ओली र राष्ट्रपति विद्या भण्डारीको असंवैधानिक कदमको समर्थन नगर्ने एमाले नै छन् । ओलीको सत्ता दीर्घकालसम्म रहने छैन । त्यो बेला इश्वरहरुको दशा शुरु हुन्छ । अहिले ओलीलाई प्रभू मानेर देश लुट्नेलाई ट्याङ्की नेता भन्नु अस्वाभिक होइन ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल