Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गौरमा सद्‌भाव कायम गर्न सर्वपक्षीय बैठक

काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा दुई समुदायबिच देखिएको द्वन्द्व समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले दिएको जानकारीअनुसार गौर क्षेत्रमा सद्‌भाव कायम गर्ने विषयमा स्थानीय सबै दल, पक्ष र सरोकारवालाका प्रतिनिधिलाई सहभागी गराई बैठक राखिएको हो। अहिले हामी छलफल गरिरहेका छौँ, कसरी हुन्छ सद्‌भाव कायम गर्ने प्रयासमा छौँ, उनले भने। त्यस क्षेत्रमा अहिले पनि कर्फ्यु जारी छ। आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म केही खुकुलो पारिएको कर्फ्यु अर्को आदेश नआउन्जेलका लागि जारी रहने प्रमुख जिल्ला अधिकारी भुसालले बताए।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल