Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गौहत्याको चौतर्फी विरोध

काठमाडौं । नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लिएर चौतर्फी विरोध उठ्न थालेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाई गोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाइगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभइ ट्रकमा च्यापिएर मरेको दाबी गर्दै आफ्नो बचाउ गरेका छन् । तर, स्थानीयले भने गाईलाई भीरबाट खसालिएको बताएका छन् । चौतर्फी विरोध पछि घटनाको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरिएको छ ।
गृह मन्त्रालयले गौहत्या प्रकणरणबारे छानविन गर्न समिति गठन गरेको छ ।


सम्बन्धित समाचार