Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्यालेक्सी टिभी पनि छाडे रवि लामिछानेले, काठमाडौँबाट चुनाव लड्ने

काठमाडौँ । न्युज २४ छाडेर आफैंं टेलिभिजन मालिक बनेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले टेलिभिजनको जागिर छाडेका छन । ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशन रहेका लामिछानेले बिहीबार टेलिभिजनबाट औपचारिक रूपमा विदा लिएका छन् । कार्यक्रम सिधाकुराको प्रस्तोता रहेका लामिछानेले आफ्नो अबको यात्रा राजनीतिमा हुने संकेत गरेका छन । उनले प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरेका छन । यद्यपी उनले स्वतन्त्र चुनाव लड्ने वा कुनै दलमा आवद्ध भएर लड्ने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् ।
यद्यपी उनले काठमाडौँको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने उनका सहयोगीले बताएका छन । उनका धेरै सहयोगी राप्रपाको अभियानमा प्रवेश गरेका कारण उनी पनि राप्रपाबाट चुनाव लड्ने सम्भावना पनि उत्तिकै छ । यद्यपी उनको आफ्नै चाहना भने स्वतन्त्र लड्ने रहेको बुझिएको छ । उनको कार्यक्रम भने सोही कार्यक्रममा रिपोर्टर युवराज कडेँलले चालाउने भएका छन । काठमाडौँ महानगरपालिको मेयरमा बालेन्द्र साहको विजयपछि विभिन्न पेशा र व्यवसायमा रहेका व्यक्तिहरूले पनि राजनीतिमा चासो दिन थालेका छन ।
न्युज २४ टेलिभिजनमा रहँदाजस्तो कार्यक्रम चर्चित नभए पनि उनी पछिल्लो समय चिनिएका पत्रकारहरूको टिम बनाएर ग्यालेक्सी टेलिभिजन स्थापित बनाउन लागि परेका थिए । लामिछाने सबैभन्दा लामो टक शो गरेर विश्वकीर्तिमान राखेका व्यक्ति हुन । उनी यसअघि दुइ कुरामा विवादित बनेका थिए । एउटा अमेरिकी ग्रीनकार्ड लिएर नेपालको कानुनको उलंघन गर्दै पत्रकारिता गरेको भन्ने थियो भने अर्को पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहनको मुद्दा परेपछि थप विवादित बनेका थिए । यद्यपी पछिल्लो समय उनी टेलिभिजन कर्ममा मात्रै थिए ।
धेरैले उनैलाइ लागि गर्दै उनको कार्यक्रम हेर्ने गरेका थिए । देशको राजनीति र राजनीतिक नेताहरूको गतिबिधिबाट वाक्क दिक्क बनेकाहरूले भने उनले कार्यक्रमको सुरूवात गर्ने गालीका लागि ताली दिने गरेका थिए ।