Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्यासको मूल्य घटेको चाहिँ किन देखेन निगमले ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य चार रुपैयाँ बढाएको छ। आइतबार जारी गरेको विज्ञप्ति अनुसार भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको मूल्य सूची अनुसार नयाँ मूल्य तोकिएको उल्लेख हो। आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घटाएर पठाएको छ। तर निगमले ग्यासको मूल्य घटाएको छैन। आइओसीले डिजेल र मट्टितेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा २ सय ९६ रुपैयाँ १५ पैसा घाटा भएको दाबी गर्दै निगमले ग्यासको भाउ घटाएन। डिजेल र मट्टितेलको भाउ समेत घटाएको छैन। निगमले तीन वर्ग विभाजन गरेर पेट्रोलियम पदार्थको मूल्यका लागि तोकेको छ। चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रलाई पहिलो वर्गमा राखेको छ। सो क्षेत्रमा पेट्रोलको भाउ १ सय ७२ रुपैयाँ ५० पैसा प्रतिलिटर तोकिएको छ। दोस्रो वर्गमा रहेको सुर्खेत र दाङमा पेट्रोलको भाउ १ सय ७४ रुपैयाँ प्रतिलिटर तोकिएको छ। काठमाडौँ, पोखरा र दिपायल क्षेत्र तेस्रो वर्गमा राखेको छ। तेस्रो क्षेत्रमा पेट्रोलको भाउ १ सय ७५ रुपैयाँ प्रतिलिटर तोकिएको छ।