Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमइ बैंकले विराटनगर महानगर परिसरभित्र एटिएम सञ्चालनमा ल्यायो

काठमाडौं। ग्लोबल आइएमइ बैंकले विराटनगर महानगरपालिका परिसरभित्र एटिएम सञ्चालनमा ल्याएको छ। एटिएम बुथको उद्घाटन विराटनगरका मेयर भीम पराजुलीले गरेका छन्। कार्यक्रममा महानगरकी उप मेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी पनि उपस्थित थिए। अब बैंकको एटिएम संख्या १५१ पुगेको छ। बैंकका देशभर १५३ शाखा छन्।