Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमईको एउटै खातामा बचत र मुद्दती दुवैको प्रतिफल

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले सोचे जस्तै बैंक खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको ईच्छा बमोजिम तोकिएको न्यूनतम् रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ ।
यसका साथै, सोचे जस्तै बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ ।
ग्राहकहरुमा नियमित बचत गर्ने बानिको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।
बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।