Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमईमा सञ्चालक थपिए

काठमाडौँ । ग्लोबल आइएमई र साविक जनता बैङ्कबीचको मर्जरपछि ग्लोबल आइएमई बैङ्कमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नियुक्त भएका छन् । रायमाझी जनता बैङ्कका अध्यक्ष थिए । ग्लोबलले साविक जनता बैङ्कको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीलाई नै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । मर्जरको सम्झौता पत्रअनुसार कुँवर प्रमुख कार्यकारी नियुक्त भएका हुन् भने ग्लोबलका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई वरिष्ठतम नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।
त्यस्तै, ग्लोबलका बहालवाला पाँच सञ्चालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल यथावत् छन् । जनता बैङ्कमा रहेका लङ्गबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, सञ्जीव न्यौपाने र मीनाकुमारी सैंजू भने बाहिरिएका छन् । शुक्रवारको निर्णयअनुसार जनताका दुई सञ्चालक नियुक्त भएका हुन् । यससँगै ग्लोबलको सञ्चालकमा सात जना रहने छन् । दुई बैङ्क मर्जरसँगै शुक्रवारदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । दुवै बैङ्कले मङ्सिर २ गते वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव सेयरधनीहरूबाट अनुमोदन गराएका थिए । मर्जरपछि ग्लोबल आइएमई सबैभन्दा ठूलो बैङ्क बनेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल