Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिसत व्याजदरमा घरजग्गाकर्जा लिन पाउनेछन् र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ ।
यसैगरी बैंकले ८.९९ प्रतिसत व्यादरमा मा गाडी कर्जा र ९.४९ प्रतिसत व्यादरमा मा सेयरको धितोमा कर्जा प्रवाह गर्नेछ । यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिसत छुट र लकर सुविधामा ५० प्रतिसत छुटप्रदान गरिनेछ ।
बैंकले, कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको हो । कर्जा लिन चाहने ग्राहकहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन ।
ग्राहकहरुले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल