Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष अध्यक्ष ढकालले पद तथा गोपनीयताको सपथग्रहण लिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल हालै सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । ग्लोबल आइएमई बैंकलाई अहिलेको अवस्थासम्म पुर्याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पुर्याएको स्मरण गर्दै उनले बैंकिङ्ग क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि सहयोग आवश्यक रहने बताए । नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरुलाई पनि आजै शपथ गराका हुन् । बैंकको १७औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल