Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ । असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए । गभर्नरले निर्देशन दिएको एक सातामै दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक सहमति नै गरेका छन् । शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरेका हुन् ।
शुक्रबार मर्जरमा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले जानकारी दिए । उनले राष्ट्र बैंकको योजना र अहिलेको आवश्यकतालाई ध्यान दिदै मर्जरमा जाने निर्णय भएको बताए । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् । मर्जरका लागि सेयर स्वामित्वको विषयमा भने निर्णय भइनसकेको बताइएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत कुँवर रहनेछन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् । नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ । मर्जर पछि बन्ने बैंकको अध्यक्षमा चन्द्र ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा दुबै बैंकको प्रतिनिधित्व आपसी सहमति गरिने सहमतिमा उल्लेख गरिएको छ । सञ्चालक समितिमा जनताका तर्फबाट ३ जना लगिने भद्र सहमति भएको बताइएको छ । स्वाप रेसियो भने सहमति पत्रमा ड्यू डेलिजेन्स अडिट (डीडीए) अनुसार हुने बताइएको छ । मर्जर पछि हाल रहेका बैंक मध्ये सबैभन्दा बलियो ग्लोवल आइएमई बन्नेछ । ग्लोबल आइएमईको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख रहेको छ । चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण अनुसार जगेडाकोषमा ५ अर्ब १२ करोड राखेको छ । तेस्रो त्रैमास अवधिमा एक अर्ब ८७ करोड खुद नाफा गरेको छ । यस बैंकले तेस्रो त्रैयमाससम्म एक खर्ब १६ अर्ब निक्षेप संकलन गरेको छ भने एक खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी जनता बैंकको जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ । यस बैंकले तेस्रो त्रैयमाससम्म ७० अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल