Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आईएमई बैंक नाफा कमाउनमा अगाडि

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। हालसम्म सार्वजनिक भएको ४ वटा बैंकहरु मध्ये ग्लोबल आइएमइ बैंकले सबैभन्दा उच्च नाफा गरेको पाइएको छ। ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिव ३३ प्रतिशतले बढी हो।
एक वर्ष अवधीमा बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ। त्यस्तै, कर्जा लगानी १ खर्ब १४ अर्ब रुपैयाँ पुर्याएको छ। बैंकको सेयर पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ। रिर्जभसहित बैंकको कोर क्यापिटल पौने १६ अर्ब रुपैयाँ पुगेको वित्तिय विवरणमा उल्लेख छ। नाफाको वृद्धिदर भने प्रभु बैंकको सबै भन्दा उच्च छ। प्रभु बैंकले आफ्नो नाफा एक सय १३ प्रतिशतले बढाएको छ। बैंकको नाफा एक वर्ष अवधीमा २ अर्ब ५ करोड रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७४र७५ मा ९६ करोड नाफा गरेको थियो।
गत वर्ष बैंकले सञ्चालन नाफा ५ अर्ब ८७ करोड आर्जन गरेको छ। अघिल्लो वर्ष सञ्चालन नाफा ३ अर्ब ९१ करोड रुपैयाँ थियो। असार मसान्तसम्ममा निक्षेप १ खर्ब १२ अर्ब रुपैयाँ भएको छ। गत वर्ष बैंकले निक्षेप १५ अर्बले वृद्धि गरेको छ। त्यस्तै कर्जा सापाटी १४ अर्बले वृद्धि गरी ८६ अर्ब रुपैयाँ बनाएको छ। विभिन्न कम्पनीको सेयरमा बैंकले १४ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको छ। बैंकको सीडी रेसियो ७४दशमलव२५ प्रतिशत छ। राष्ट्र बैंकको नियमअनुसार यो अंक ८० भन्दा कम हुनुपर्छ। सिटिजन्स बैंकले भने गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो। बैंकले अघिल्र्लो वर्ष १ अर्ब २३ करोड रुपैयाँ नाफा गरेको थियो।
बैंकको सेयर पुँजी ८ अर्ब ३७ करोड छ। विभिन्न शिर्षको रिजर्भमा भएको ४ अर्ब १० करोडसहित बैंकको कोर क्यापिटल १२ अर्ब ४७ करोड छ। बैंकले गत असार मसान्तसम्ममा निक्षेप ७० अर्ब ५० करोड र कर्जा ६२ अर्ब ९० करोड रुपैयाँ परिचालन गरेको छ। त्यस्तै विभिन्न सेयरमा बैंकले १० अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ।
त्यस्तै, माछापुच्छ्रे बैंकले एक वर्षमा ३६ दशमलव ३२ प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ।अघिल्लो वर्ष बैंकले एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकले खुद व्याज आम्दानी २९ प्रतिशतले बढाएर तीन अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको हो। गत वर्ष यस्तो आम्दानी दुई अर्ब ७३ करोड रुपैयाँ थियो। बैंकको निक्षेप संकलन १७ दहशमलव५५ प्रतिशतले बढ्दा ऋण लगानी भने १५ दशमलव ६९ प्रतिशतले बढाएको छ। बैंकले एक वर्षमा ८५ अर्ब १९ करोड रुपैया निक्षेप संकलन गरि ७२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष बैंकले ७५ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।