Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारको गल्फ एक्सचेन्ज कम्पनीबीच सम्झौता भएको छ । कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत् सहजै नेपालमा रेमिटेन्स पठाउन सकिने बैंकले जनाएको छ । ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आईएमई बैंकका शाखा कार्यालय, आईएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टमार्फत् भुक्तानी लिन सकिनेछ । साथै ग्लोबल आईएमई बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आफन्तलाई पनि कतारबाट सहज रूपमा रेमिटेन्स पठाउन सकिने छ ।
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल