Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घटना मोडिएसँगै रोकियो अनुसन्धान

काठमाडौं । प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिइसकेका कृष्णबहादुर महरामाथि लागेको यौन दुराचारको आरोपमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नै अन्यौलमा परेको छ । प्रहरी कन्ट्रोल रुम नम्बर १०० मा आएको फोनको आधारमा प्रारम्भिक जाँचबुझ गरेको प्रहरी थप छानबिनका लागि पीडित पक्षको उजुरीको प्रतिक्षामा छ ।
प्रहरीले अहिलेसम्म घटनास्थलबाट सबूत प्रमाण संकलनको काम गरेको छ । संकलित सबूत प्रमाणको फरेन्सिक जाँचका लागि केन्द्रीय विधि बिज्ञान प्रयोगशाला पठाउने प्रक्रिया पनि शुरु गरेको थियो । तर, पीडित पक्षले सहयोग नगर्दा फरेन्सिक परीक्षणको कार्य पनि अगाडि बढाउन नसकिएको प्रहरी अधिकारीले बताए ।
आइतबार राति महराले आफ्नै कोठामा आएर बलात्कार प्रयास गरेको ती महिलाको आरोप थियो । सोमबार साँझ उक्त प्रकरण सार्वजनिक भएपछि महराले मंगलबार सभामुख पदबाट राजीनामा दिएका छन् । ती महिलाले आइतबार राति नै करिब सवा ९ बजेतिर प्रहरीको कन्ट्रोल रुमको नम्बर १०० मा फोन गरेर आफूमाथि बलात्कार भएको जानकारी दिएकी थिइन् ।
प्रहरीका अनुसार पीडित भनिएकी महिलाको कोठाबाट केही थान रक्सीका बोत्तल, रक्सी पिउन प्रयोग भएका गिलास, फुटेको चस्माको सिसा र फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा सबूत प्रमाणको रुपमा बरामद गरिएको छ ।
महरामाथि यौन दुराचार प्रकरण सार्वजनिक भएदेखि नै प्रहरी महानिरीक्षक (आईजी) सवेन्द्र खनालकै लिडिङमा अनुसन्धान शुरु भएको थियो । महरा प्रकरणको अनुसन्धानका लागि आईजी खनालले गृहसचिव प्रेम कुमार राई तथा गृहमन्त्री रामबहादुर थापा (बादल)को सल्लाह पनि लिएका थिए । सोही छलफलपछि आईजी खनाल, महानगरीय प्रहरी आयुक्त थापा र काठमाडौं प्रहरी प्रमुख सुवेदीलाई डाइरेक्ट रिपोर्ट गर्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।


सम्बन्धित समाचार