Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घटेकै हो त कोरोना संक्रमण ?

काठमाडौं । परीक्षण दायरा साँघुरो बनाइँदै लगिँदा पछिल्लो समय कोरोना संक्रमित पनि घट्दो क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना ५०० भन्दा कम कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिँदा महिला १७९ र महिला ३०२ जना गरी मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ७३१ जना कोरोना संक्रमण मुक्त हुँदा ६ जनाको मृत्यु समेत भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ४९ हजार ८६३ जना रहेको छ । हालसम्म १८२५ जना मृतकको संख्या पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर हाल ६ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् भने हाल देशभर कोरोना निको हुने दर ९६।८ प्रतिशत रहेको छ ।


सम्बन्धित समाचार

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

कुलमानलाई हटाउने यस्तो त चाँजोपाँचो

२०८१ आश्विन २४

ताजा नेपाल