Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घट्न थाल्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला ११ सय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९३ हजार ६०० सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुनको मूल्य पाँचसय रुपैयाँ घटेर एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको थियो। त्यसअघि गएको बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो। गत साताका ६ दिनसम्म लगातार बढ्दै आएको सुनको मूल्य बिहीबारदेखि फेरि लगातार घट्न थालेको हो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेर दुई हजार दुईसय ९० रुपैयाँ कामय भएको महासंघले जनाएको छ।गएको शुक्रबार चाँदीको मूल्य दुई हजार दुईसय ४० रुपैयाँ थियो।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल