Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घट्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला ३ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार सुनको मूल्य १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।


सम्बन्धित समाचार

कम्युनिष्टका पुराना सबै अस्वीकार

२०८३ भाद्र २५

ताजा नेपाल

धनी मन्त्रीले कति दिए राहत

२०८३ भाद्र २५

ताजा नेपाल