Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घरको जग खन्दा ढिस्कोले पुरिएर एकको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर मजदूरको निधन भएको छ । निधन हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ हुन् । भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताएका छन् ।ढिस्कोले पुरिएर ३५ वर्षीय धनबहादुर मगर घाइते भए । उनको टाउकोमा चोट लागेको छ । धनबहादुरको शंकरापुर अस्पतालमा उपचार हुदै छ ।

 


सम्बन्धित समाचार