Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घर मुलीलाई कसले हटाउने ?

काठमाडौं । नेकपाभित्रको विवाद मैदानमा छताछुल्ला भइरहेको बेला भ्रष्टाचार अभियोगमा सत्ता छाड्न बाध्य भएका पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाको जारी स्थायी कमिटी बैठक प्रतिसोध राख्ने अखडा भएको बताएका छन् । पार्टी फुटको संघारमा पुगिरहँदा बाँस्कोटाले ट्वीट गर्दै बाँस्कोटाले स्थायी कमिटी बैठक प्रतिसोध साध्ने अखडा भएको तथा कोठे बैठकबाट प्रधानमन्त्री हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । प्रधानमन्त्री ओलीलाई नाकाबन्दी नटेर्दा र चुच्चे नक्सा जारी गर्दा चारपाँच जनाले सजाय दिन खोजेको भन्दै कटाक्ष गर्दै ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, पार्टी स्थायी समिति विचार,सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखडा । अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने । डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङले । नाकाबन्दी नटेर्दा, चुच्चे नक्शा निकाल्दाको सजाय ।’