Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घोरल मारेको अभियोगमा ६ जना पक्राउ

अछाम । बान्निगढी जयगढ गाउँपालिका-६ पानिखाल भन्ने स्थानबाट जंगली जनावर घोरल मारेको अभियोगमा ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बान्निगढी जयगढ गाउँपालिका-६ बस्ने ३० वर्षीय भिम बहादुर साउद, २४ वर्षीय दल साउद, ३० वर्षीय जयन्द्र शाह र २० वर्षीय मंगल चन्द लगायत रहेका छन् । प्रहरी चौकी जयगढबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त घोरल मारी घरतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार