Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चन्द्रागिरीमा हिउँ पर्‍यो सेततम्मै डांडो

काठमाडौँ । मध्यरातदेखिको वर्षाका कारण उपत्यका आसपासका अग्ला पहाडमा बुधबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हो । चन्द्रगिरी डाँडामा बुधबार बिहानैदेखि हिउँ परेको छ । हिउँ खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको बिहानैदेखि चन्द्रागिरी पुगेका छन् । पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायतका डाँडामा हिउँ परेको हो ।