Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चन्द्रागिरी हिल्स नाफामा

काठमाडौैं । चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षका चौथो त्रैमाससम्ममा साढे २ करोड बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षसम्ममा २४ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा उक्त घाटा कम गर्दै २ करोड ५५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ।
गत वर्ष व्यवसाय सञ्चालनबाट कम्पनीले ६६ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २२ करोड १९ लाख रुपैयाँ मात्र थियो। नाफामा गएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ६७ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १७ रुपैयाँ ७८ पैसाले नकारात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष भने ३९ करोड ४४ लाख रुपैयाँल ऋणात्मक छ।