Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चरित्र नसुधारे श्रममन्त्री असुरक्षित

काठमाडौं । एमालेबाट टुक्रिएको नेकपा समाजवादीको दमनले नेकपा माओवादी तनहुँको भानु क्षेत्र आक्रोशित भएको छ । मन्त्री किसन श्रेष्ठको व्यवहार यस्तै रहेको खण्डमा उनी विरुद्ध जिल्ला पार्टी लाग्छ । पञ्चायतकालका मण्डले र एमालेका नेतालाई पैसा बुझाएर सांसदको टिकट लिएर माओवादीकै साथमा तनहुँ क्षेत्र नं. १ बाट सांसद बनेका किसान श्रेष्ठले एमालेका गाउँ स्तरका कार्यकर्तालाई भन्दा समाजवादीको नाममा माओवादीका वडा तहसम्मका कार्यकर्तामाथि दमन गरेको बताइन्छ । वर्तमान सरकारमा श्रम तथा रोजगार मन्त्री भएका श्रेष्ठले मानव तस्करहरुलाई केही धम्क्याएर नेपालमा ठगिएका युवाहरुको हित गरेको देखिन्छ । उनी आफैं पनि हिजो त्यही क्षेत्रकै ठग हुन् । हिजो पञ्चायतको मण्डले भएकाले चुनावमा किसान श्रेष्ठलाई मतदान नगर्ने माओवादी कार्यकर्ता थिए । त्यो बेला पार्टीले विगत बिर्सेर वाममोर्चाका उम्मेदवार जिताउने उर्दी जारी गर्नु परेको कुरा शंकर जोशी र प्रभु अर्याल नै बताउँछन् । किसानको समाजवादी एमालेसँग भिड्छ कि चाकडी गर्छ अब ? किसान श्रेष्ठको विगतले उनको मन्त्री हुने हैसियत र योग्यता दिलाएको होइन । हरिकुमार श्रेष्ठ र सुल्पे कहाँ कुन हैसियतमा छन् संगम क्लबका किसानलाई स्मरण गर्न माओवादी कार्यकर्ताले आग्रह गरेका छन् । त्यस्ताले घरमा भात खान बोलाउँदा कोही जान्छ ? अहिले मन्त्री भएको फुइँ लगाएर माओवादीमाथि अपराध गर्ने किसान श्रेष्ठ भोलि कसरी भानु जान्छन् ?
तनहुँका भ्रष्ट प्रहरी हाकिमहरुको भ्रष्टाचारबाट जम्मा भएको पैसा खेलाएर कमाई गरेका हिजो चोरी काण्डमा बेलायतबाट निकालिएका यी मन्त्रीले माओवादी कार्यकर्ता छानेर धम्की दिएको. कुरा पुस १७ गते तनहुँ काठमाडौं सम्पर्क मञ्चको भेलामा महाधिवेशन प्रतिनिधि तथा जिल्ला र केन्द्रका नेतासमक्ष भानु क्षेत्रका नेता ओमकुमारी पौडेलले बताइन् । समाजवादी पार्टी केन्द्रमा र प्रदेशमा माओवादीबाट संरक्षित छ । भानु क्षेत्रका सुरेश आले श्रीराम ढकाल माओवादीका नेता भए पनि त्यहाँको स्थानीय कमिटीले प्रयोग गर्न सकेको छैन भन्ने देखियो । उनीहरुले पनि चासो दिएका छैनन् । सो भेलामा महाधिवेशन प्रतिनिधिहरु हरि चुमन, आशा कोइराला, राजेन्द्रकेशरी न्यौपाने, खुमबहादुर विक, अतिन्द्रकेशरी न्यौपाने, सोमबहादुर थापा, गिता शाही, शम्भु अधिकारी, शंकर जोशी, ओमराज आलेलगायत सहभागी थिए । मञ्चको सक्रियतामा सम्पन्न त्यो जमघटले पार्टीले लिने कार्यदिशा, जनताको आवश्यकता र आगामी कामको रेखांकन गरेको छ ।