Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चरेश तथा गाँजा सहित २ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ बस्ने ५४ वर्षीय राजेन्द्र प्रसाद पाण्डे रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले त्रिपाठीलाई अवैध लागूऔषध गाँजा १ केजी ४ सय ग्राम सहित काठमाडौं महानगरपालिका-९ गैरीगाउँबाट तथा पाण्डेलाई अवैध लागूऔषध गाँजा ३ केजी र लागूऔषध चरेश ७ केजी सहित काठमाडौं महानगरपालिका-१६ पकनाजोल सोह्रखुट्टेस्थित डिलाइट होटलबाट पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।