Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चर्किदै छ प्रहरीमा आईजीपीको लडाइँ

काठमाडौं । एकै दिन आईजीपीदेखि एसपीसम्मको बिदाई लिँदा नेपाल प्रहरीमा माघ २७ गते कति रेक्टरको भुकम्प जाला । त्यसमा पनि डिआईजीबाट आईजीपी बन्ने प्रतिस्पर्धी डिआईजी शैलेश थापा र हरि पालको लडाई अहिले नै सतहमा आएको प्रहरीभित्र चर्चा छ । आईजीपी सर्वेन्द्र खनालसँग रिसाएका प्रधानमन्त्री केपी ओलीले अहिले एआईजी पुस्कर कार्कीलाई आईजीपी बनाउन राष्ट्रपति विद्या भण्डारी, काँग्रेस नेता ज्ञानेन्द्र कार्कीबीचको सुझाव मान्नै प¥यो भने ३० वर्षे सेवा हटाएर ३२ वर्षे लागू गर्ने बाटो रोज्नुपर्छ । त्यो बेला सर्वेन्द्रलाई राजदूत दिनै पर्छ ।

हरि पाल पैसा खर्च गर्छन् । शैलेश थापा स्वभाव भद्र भए पनि पत्रपत्रिकामा आएको सूचना पनि नपढ्ने डिआईजीमा पर्छन् । उनले मेट्रोमा केही दैनिक बाहेक पत्रपत्रिका रोकेका छन् । बागबजारको वेश्यावृत्तिको चमक उस्तै छ । राजनीतिक नेताकहाँ दौडधूप गर्दैन भनेको मान्छ भनेर थापालाई सर्वेन्द्रले मेट्रोमा ल्याएका थिए । उनले शुरुमा लजहरुमा प्रहरी खटाए, अहिले हरेक लजबाट मासिक उठाउने गरेको स्थानीयहरुले बताउने गरेका छन् । स्व. आङ छिरिङ शेर्पाको हेलिकोप्टरमा लगानी गरेका हरि पाल प्रदेश २ मा रहेका छन् । डिआईजीमा बढुवाकै बेला पालको पक्षमा आङछिरिङ मार्फत् प्रम ओलीसम्म ठूलै दबाव परेको थियो पाललाई एक नम्बरमा ल्याउन ।

तर आईजीपी खनालले चाहेनन् बरु उनको सुझावबाट गृहमन्त्री रामबहादुर थापा आकर्षित भएकाले शैलेश एक नम्बरमा परका हुन् । प्रहरीभित्र हरि पाल धनाढ्यमा पर्छन् उनी घुस्याहा पनि छन् । अहिले प्रहरी हाकिमहरु फुर्केका छन् । चिनिया पाहुनाको स्वागत सत्कार र सुरक्षा सफल भयो भन्दैछन् । रोशनी शाहीको निवेदन फेर्न सक्ने हैसियतको त्यो प्रहरी हिजो असक्षम थियो । हतियारको आडमा तत्कालिन एमाले नेताहरुको निर्देशनमा दिनेश अधिकारीदेखि कुमार घैंटे, मनाजे पुनसम्मलाई कथित इन्काउन्टर भनेकै हो ।

भक्तपुर निवासी शैलेश थापा र हरि पालको प्रतिस्पर्धा चर्किंदै गएको खण्डमा प्रवक्ता विश्व पारखेलले बाजी मारे भने पनि आश्चर्य हुने छैन । किनकि यसअघि पनि प्रकाश अर्यालले यस्तै प्रतिस्पर्धामा बाजी मारेका थिए । राजधानीको सुरक्षा व्यवस्थाको जिम्मा पाएको मेट्रोले ललितपुरका एसएसपी टेकबहादुर राई, काठमाडौंका एसएसपी उत्तम सुवेदीको खोकाईलाई नेतृत्वले कति ध्यान दिएको छ । केरकारका एसएसपी सहकुल थापाको अख्तियारको तारेख भने महेश बस्नेतको दबावले पनि हटेको छैन ।

निरीक्षक पदमा महाराजगञ्जमा छँदै तस्कर र अपराधीहरुसँग मिलेर लुट्न सम्म लुटेका सहकुल पनि भक्तपुरकै हुन् । आईजीपीले नमान्दा नमान्दै उनलाई महेश बस्नेतले केरकारमा ल्याएको चर्चा अझै सेलाएको छैन । तर उनी आईजीपी खनाल केरकारमा छँदा त्यही भएको बताउँछन् । उनले केरकारबाट अहिले राम्रै प्रतिष्ठा कमाउन थालेका छन् पछिल्लो पटक राजधानीका जनतालाई ठग्दै आएका बालुवा तथा गिटी बोक्ने टिपरमाथि गरेको प्रहार निकै चर्चामा आएको छ । ती टिपरहरुले तलको भाग ढलानै गरेर तथा काठ ठोकेर उपभोक्तामाथि चरम लुट मच्चाइरहेका थिए ।


सम्बन्धित समाचार