Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चर्चमा चक्कु प्रहार गरी तीन जनाको हत्या

एजेन्सी । फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ । आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निस शहरको नोट्रे डाम बासिलिकमा भएको यो घटनामा एक जनाको टाउको नै काटिएको छ । २१ वर्षका ती आक्रमणकारी प्रहरीको गोली लागेर गम्भीर घाइते भएका छन् । केही दिनअघि ट्यूनिसियाबाट आएका ती आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजातसमेत रहेको प्रहरीले जनाएको छ ।
आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएका थिए । राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनामा इस्लामिक आतंकवादीको हात रहेको बताएका छन् ।


सम्बन्धित समाचार