Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चर्चामा विमानस्थल अध्यागमन

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागलाई सुदृढ गर्न खटेका महानिर्देशकमाथि काठमाडौं महानगरमा रहँदा मेलम्ची खानेपानी आयोजनाको बोर्ड बैठकमा सहभागी भए बापत अख्तियारले पूर्वाग्रही रुपमा डाम्दा लथालिंग भएको अध्यामगन अहिले प्रहरी रेकर्डमा बदनाम छ । अध्यागमनका कर्मचारीसँग मानव तस्करको च्यानल बन्दा प्रहरी र कर्मचारीबीचमा गोदागोद भएकै हो । प्रहरीको अनुसन्धान ब्यूरोले त्रिभुभवन विमानस्थलको निगरानी गर्ने भएपछि कर्मचारीमा सतर्कता बढेको छ । सरकारका कमजोरीमाथि खेल्दै कानुनका छिद्र खोजेर साथ दिँदा कर्मचारीले प्रतिव्यक्ति एक लाख ५० हजारसम्म बुझ्ने गर्थे ।
अहिले सिआईबीले प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गर्ने भएको छ । आफू जहाँ जान्छन् त्यहाँ सुधारको बाटो खोज्ने एआईजी दीपक थापाले आफ्नो टिम कसरी कस्तो टिम पठाए त्यसको कामले दिने परिणाम कुर्नैपर्छ । आईजीपीलाई समेत राजनीतिक दबावमा पार्ने विवादित बनाउने प्रवृत्ति प्रहरीभित्रै बढेको छ । आफ्नो टिमका बाँकी रहेका अधिकृतहरूलाई डिआईजीसम्म बनाएका आईजीपी कुँवरका दाजु समेत प्रहरीका आन्तरिक निर्णयमा प्रभाव पार्छन् । काँग्रेसको भगिनी संगठन बनेको नेपाल प्रहरी निष्पक्ष, पारदर्शी बन्न सकेको छैन । एमाले र काँग्रेस भनेका प्रहरीलाई ऐन नियममा चल्न नदिने शक्ति हुन् । एआईजी थापा आफैं पनि अबको पाँचौं महिनामा आईजीपी बन्ने तरखरमा छन् । उनलाई त्यो पद प्राप्त गर्न सबैलाई खुशी बनाउन पनि छ । तर अपराधमाथि दया देखाउनु पर्दैन । प्रहरीको अनुुसन्धन ब्यूरो रास्वपाका अध्यक्ष रवि लामिछानेको विरुद्ध राज्यको निर्देशनअनुसार चल्दा आलोचित छ । प्रहरीमा पनि राजीनामाको लहर चलेको छ । यो वर्ष मात्र नेपाल प्रहरीका १ हजार सात सयले राजीनामाा दिएका छन् । तर प्रहरीप्रतिको आकर्षण घटेको छ । प्रहरीलाई बदनाम बनाउने राजनीतिक दलहरूनै हुन् । निष्पक्षता देखिन प्रहरीले आफ्नो कार्यक्षेत्रका अनुसन्धान गर्न दबाव रहित बन्न पाउने अवस्था आउनुपर्छ । तर काँग्रेस र एमालेको प्रहरी परिचालनमा व्यापक दबाव सहनु पर्ने बाध्यतामा आईजीपीदेखि एआईडी, डिआईजी, एसएसपी, एसपी, डिएसपीसम्म पर्छन् । त्यो सत्य नेताका अगाडि प्रहरी अधिकृतहरू बोल्न सक्दैनन् । एयरपोर्ट र सीमानाका क्षेत्रमा प्रहरीको डिआईबीले शुरु गरेको निगरानी र अनुगमनको रिपोर्ट आउन समय लाग्छ । दैनिक २५० महिला तस्करी हुने एयरपोर्ट अहिले चर्चामा छ । अध्यागमनका कर्मचारी राजनीतिक सम्बन्ध र दबावमा चलखेल गर्छन् । विभागको टोलीलाई सक्षम बनाउन राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन जरुरी छ । तस्करी हुने स्थान भनेकै आगमन र प्रस्थान हो । प्रधानमन्त्रीले सुन तस्करीको सूचना गुप्तचरले लिएन भन्छन् । तर एयरपोर्टमा गुप्तचर र प्रहरीको पहुँच पूर्ण छैन । भन्सार कर्मचारी अर्थका हुन् । अर्थले सिन्डिकेटमा कर्मचारी पठाउँछ । एमाले र काँग्रेसका कार्यकर्ता कमाउनकै लागि एयरपोर्ट भन्सारमा जान नेताको आशिर्वाद पाउँछन्, मुलुकले राजश्व नपाउने तस्करले मौका पाउने चलन यही बेला चर्को छ । जुन बेला देशमा नीतिगत भ्रष्टाचारमा रमाउने व्यापारी र तस्करहरूको संरक्षक सरकार छ ।
प्रहरी नै भन्छ– अपरात्र बढ्यो
यो वर्ष १९ हजार ४ सय ९८ अपराधका मुद्दा दर्ता भएका छन् । यो संख्या अघिल्लो आवको १८ हजार ९ सय ९८ को भन्दा २ प्रतिशत बढी हो । प्रवक्ता विश्व अधिकारीका अनुसार प्रत्येक दिन १६२ मुद्दा दर्ता भएका छन् । चालु आवको चार महिनाको यो रिपोर्टले मुलुकको स्थिति दर्शाउँछ । आत्महत्या सम्बन्धी २२३६, लागू औषधका १६१९, चोरी १२४२, करणी ८२३, ठगी ६१८ सवारी ज्यान ५७०, ज्यानमार्ने ३८२ मुद्दा दर्ता भएका छन् । बैकिङ कसुर ४३५९ र सामाजिक सरोकारका स्वास्थ्य सुरक्षा, नैतिकता सम्बन्धी ३१४४ मुद्दा दर्ता भएको प्रहरी तथ्यांकले देखाउँछ ।