Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘अगस्त्य भाग १’ अन्तर्राष्ट्रिय बजारमा बिक्री

काठमाण्डौ । डार्क हर्स इन्टरटेन्मेन्ट प्रालिद्वारा निर्माणाधीन चलचित्र ‘अगस्त्य–भाग १’को अन्तर्राष्ट्रिय रिलिज बिक्री भएको छ। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज प्रालिबीच ‘अगस्त्य भाग १’को अन्तर्राष्ट्रिय रिलिजका लागि सम्झौता भएको हो।
सम्झौताअनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब ८०० देखि १००० शो, क्यानडामा १५० शो, युरोपका बाँकी देश, जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० शो, अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न सहरमा झन्डै ५०० शो र मध्यपूर्वका विभिन्न देशका हलमा ७५० शो प्रदर्शन हुनेछ।
निर्माण पक्षले चलचित्रको छायांकन ४५ प्रतिशत मात्र नसकिँदै अन्तर्राष्ट्रिय रिलिज महँगो रकममा बिक्री हुनुलाई उपलब्धि मानेको छ। ‘सेभेन सिज प्रालिसँगको यो सम्झौता ‘अगस्त्य भाग १’ का लागि मात्रै नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि सकारात्मक कुरा हो’, डार्क हस इन्टरटेनमेन्टले जानकारी दिएको छ।
‘अगस्त्य–भाग १’को ४५ प्रतिशत छायांकन भारत उत्तर प्रदेशका विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायांकन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्ता सुरु हुँदै छ।
चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत अन्य नेपाली कलाकारसँगै बलिउड कलाकारको पनि अभिनय छ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गोचन छन्। चलचित्रको प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।