Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘उपहार’को आगामी भदौबाट छायांकन सुरु हुने

काठमाण्डौ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘उपहार’मा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । आइतबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रमा अब बेनिशाले अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मासँग एकसाथ काम गर्नेछन् । आगामी भदौबाट फिल्मको छायांकन सुरु हुँदैछ ।
बेनिशाभन्दा अगाडि अभिनेत्री आँचल शर्मालाई चलचित्रमा अफर गरिएको थियो । निर्देशक देउजाले आँचल ‘कन्फर्म’ भएको जानकारी समेत गराएका थिए । तर, पूजासँगको टसलका कारण चलचित्रमा आँचलको प्रवेश हुन सकेन । रेखा स्वयं निर्माता रहेको चलचित्रमा मुकुन भुषालको पनि मुख्य भूमिका रहनेछ । र, यो चलचित्रबाट मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्कीले डेब्यू गर्दैछन् ।
विष्णु कल्पितको छायांकन रहने चलचित्र सामाजिक विषयवस्तुमा बन्न लागेको हो । काठमाडौं आसपासमा छायांकन हुने चलचित्रमा पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् । ‘उपहार’बाट रेखा थापा ५ वर्षपछि निर्माण तथा अभिनयमा फर्किँदैछिन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो सानदार दबदबा बनाएकी उनलाई पछिल्लो समय हिट चलचित्र दिन सकस भैरहेको छ ।