Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘ऐँचोपैँचो’ भदौ १५ देखि प्रर्दशनमा आउने

कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्र ‘ऐँचोपैँचो’को प्रदर्शन मिति तय गरिएको छ।
यसअघि भदौ २९ देखि प्रदर्शनमा ल्याउने तयारी गरिएको उक्त चलचित्र भदौ १५ देखि नै प्रदर्शनमा आउने छ।
भदौ २९ मा ुनाङ्गो गाउँ’ र ‘भागवत गीता’ रिलिज हुने भएपछि ‘ऐँचोपैँचो’ले भदौ १५ प्रदर्शन मिति लिएको निर्माण टिमले जानकारी दिएको छ।
चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का शीर्ष भूमिकामा देखिनेछन्। चलचित्रमा स्वस्तिमासँगै वर्षा राउत, सुशील सिटौला लगायतका कलाकारले पनि अभिनय गरेका छन्।