Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘जय हो’को निर्माण घोषणा, भदौ ८ मा प्रदर्शन हुने

टेक पौरखी राईद्धारा निर्देशित चलचित्र ‘जय हो’को औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गर्दै आगामी भदौ ८ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरियो । आगामी चैत्र ५ गते आइतबारदेखि छायांकनमा निस्कने चलचित्र मुस्ताङमा ९० प्रतिशत र तालनगरी पोखरामा १० प्रतिशत खिचिनेछ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङसँगै अतिथि कलाकारमा रोहित रुम्बा छन् । कमेडी, एक्सन र लभस्टोरीको मिश्रण रहने चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार रहेका छन् भने प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।
सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहने चलचित्रको मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले छन् । ‘जय हो’मा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
चलचित्रको घोषणा कार्यक्रममा सलोन बस्नेतले ‘जय हो’बाट आफूले नयाँ यात्राको सुरुवात गर्न लागेको जनाएका छन । उनले भने, ‘अब नयाँ तरिकाले काम गर्नुपर्छ भन्ने लागेको छ । मैले ‘होस्टेल’मा काम गरेको पनि १० वर्ष भएछ । यो अवधिमा मैले जति पनि चलचित्र गरेँ, त्यसबाट सिकेका कुरालाई जोडेर ‘जय हो’बाट नयाँ यात्राको सुरुवात गर्ने सोचेको छु । हामी राम्रो चलचित्र बनाउने कोसिसमा छौं ।’