Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘जय हो’ भाद्र ८ बाट प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘जय हो’ आउँदो भदौ ८ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको गीत भने सोमवार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो ।
‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको छ भने सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ ।
चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी र भिडियोमा कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।
टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटाले नेपाली दर्शकहरुले राम्रो चलचित्रको खोजिरहेकाले राम्रो चलचित्र दिनुपर्ने जनाए । उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नलगेसम्म र सरकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न नसकेसम्म यस क्षेत्रको विकास गर्न नसकिने जानकारी दिए ।
‘जय हो’ चलचित्र मुस्ताङ र कास्कीका विभिन्न स्थानमा खिचिएको हो । यसमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।