Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘त बिदेश जा’ बन्ने

नेपाली युवाहरुले बिदेश जानेक्रममा भोगेका कुराहरु माथि चलचित्र बन्ने भएको छ । त विदेश जा नामाकरण गरिएको यो चलचित्रले समग्र देशका बिदेश जान लागेका युवाहरुले देश भित्रै भोगेका कथा भन्ने छ । अनिल बिडिआरको निर्देशनमा बन्न लागेको त विदेश जा चलचित्रमा नारायण विश्वकर्माको मुख्य भूमिका रहने छ । अनिल विडिआरकै कथा रहेको यस चलचित्रमा अन्य कलाकारहरु छनौट हुन बाँकी छ । कविता चौधरी र भीमप्रकाश बुढामगरको संयुक्त अगानी रहेको यस चलचित्रको कार्यकारी निर्मात सवनम चौधरी हुन । सतिश विक्रम र सुरेन्द्र कुमार शाहीको संगीत रहेको त बिदेश जा चलचित्रको केही गीत रेकर्ड भईसकेका छन् । नयाँ बर्षको छेउछाउ पारेर शुटिङमा जाने तयारीमा रहेको यस चलचित्र निर्देशक अनिलले ताजा खवर साप्ताहिकलाई बताए । हिन्दी चलचित्र सामबहादमा अभिनय गरिसकेका नारायण विश्वकर्माले यो भन्दा अघि नेपाली चलचित्र सेल्फी किङ, रकम लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।