Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘दुई कदम’ मंसिर २९ मा आउने

काठमाण्डौ । उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो चलचित्र मङसिर २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।
चलचित्रको सार्वजनिक एक पोस्टरमा डेब्यु अभिनेता इओन लिम्बु र डेब्यु अभिनेत्री सिमोन गिरी रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी हातमा बन्दुक लिएर पड्काउँदै गरेको देखिएका छन्, जसमा डेब्यु अभिनेत्री गिरी डराएको हाउभाउमा छिन् ।
अजम्बरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा गौरव, इओन र सिमोनका अलवा सुनील थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्मा लगायतको पनि अभिनय छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निर्वाह गरेका छन् । यो चलचित्रमा तारा देवी लिम्बुको लगानी छ ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको चलचित्रलाई विक्रम डिसीले छायांकन, प्रविन ढकालले सम्पादन गरेका हुन् ।