Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘नम्बरी सुन’को प्रदर्शन मिति सर्यो

आउँदो भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको राजु गिरीद्वारा निर्देशित चलचित्र ‘नम्बरी सुन’ ५ महिना पछाडि धकेलिएको छ । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै आगामी माघ १९ गतेलाई चलचित्रको नयाँ प्रदर्शन मिति ‘लक’ गरिएको छ । चलचित्रको टिजर र एक गीत सार्वजनिक भैसकेको छ । भदौ १ मा अरु दुईवटा चलचित्र रिलिज हुने भएपछि ‘नम्बरी सुन’ पोस्टपोन्ड भएको चर्चा छ ।
नारायण खातीको शब्द रचना, कथा तथा प्रस्तुति रहेको यो फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, विनोद न्यौपाने, सविन बास्तोला, गीता अधिकारीलगायतको अभिनय छ । चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । हलमा रिलिजअघि देशका विभिन्न ठाउँमा चलचित्रको विशेष शो आयोजना गरिँदैछ ।
रामजी लामीछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन तथा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर रहेको ‘नम्बरी सुन’को निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् ।