Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘नीरफूल’ र ‘हेम्जाकोट’ प्रर्दशनमा

शुक्रबारबाट दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रले सामाजिक मुद्धा उठाएका छन् । भूकम्पले छिन्नभिन्न भएको एउटा परिवारको कथालाई ‘नीरफूल’ले प्रस्तुत गरेको छ भने ‘वेलकम टू हेम्जाकोटा’ले बेरोजगारी र वैदेशिक रोजगारीले निम्त्याएको समस्याको कथा भनेको छ । यी दुवै चलचित्रलाई बजारको सन्नाटा चिर्नुपर्ने चुनौती छ ।
फूलमान वलद्वारा निर्देशित ‘नीरफूल’मा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जिम्मे छ्योइकी घिसिङको अभिनय रहेको छ । करिब ५ वर्षअघि निर्माण सम्पन्न भएको चलचित्रमा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ । निर्देशक वल स्वयंले चलचित्र लेखेका हुन् ।
त्यस्तै, सरोज पौडेलको लेखन तथा निर्देशन रहेको ‘वेलकम टू हेम्जाकोट’मा विनोद न्यौपाने, बुद्धि तामाङ, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, स्व. जयनन्द लामालगायतको अभिनय छ । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्का चलचित्रका निर्माता हुन् ।