Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘प्रसाद–२’ तत्काल प्रर्दशन नगर्न उच्च अदालतको आदेश

काठमाडौं । चलचित्र ‘प्रसाद–२’ तत्काल प्रदर्शन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अन्तरिम आदेश जारी गर्दै तत्काल ‘प्रसाद–२’ प्रर्दशन नगर्न आदेश दिएको हो ।
इजलासलबाट विपक्षी बनाइएका चलचित्र विकास बोर्डसहित नौ प्रतिवादीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
चलचित्रका निर्माता केशव पाण्डेले अदालतमा निर्माताहरुबीचको विवाद समाधान नहुँदै चलचित्र प्रर्दशन रोक्न माग गर्दै सोमबार निषेधाज्ञाको रिट दायर गरेका थिए ।