Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘बगान’को टिजर सार्वजनिक

काठमाण्डौ । अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको चलचि ‘बगान’को टिजर रिलिज गरिएको छ। १ मिनेट १३ सेकेन्ड लामो टिजरले चलचित्रको कथावस्तु बोलेको छ।
शिर्ष २ पात्रको कथालाई समानान्तर रुपमा प्रस्तुत गरेको टिजरमा एकातिर करिश्मा मानन्धर र सरोज खनालको जोडी अर्कोतिर आकाश श्रेष्ठ र प्रमिला कार्कीको जोडि देखिन्छन्।
करिश्माले यो चलचित्रमा एकल आमाको भूमिका निर्वाह गरेकी छिन्। चलचित्रमा एकल महिलाको चाहना र संवेदनालाई प्रमुखताका साथ उठाउन खोजिएको छ।
नारीप्रधान भनिएको चलचित्रको टिजरमा नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाललाई पनि देखाइएको छ। स्वप्न नीरवको पटकथा रहेको चलचित्रलाई सुरेश वाग्लेले निर्माण गरेका हुन्।
यो चलचित्र असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।