Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘चलचित्र ‘रङ्गेली’, महाशिवरात्रीमा प्रदर्शनमा आउने

काठमाण्डौ । चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिमार्जित गरिएको छ । अब ‘रङ्गेली’ शीर्षकमा चलचित्र बन्ने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी महाशिवरात्रीको अवसर पारेर फागुन २५ गते फिल्म प्रदर्शनमा आउने भएको छ । अब यो फिल्मको बक्स अफिसमा नवल खड्काद्वारा निर्देशित फिल्म ‘काँडेतार’सँग भिडन्त हुनेछ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी बाँधिनेछ । साथै, चलचित्रमा अर्पण थापा, प्रविण खतिवडाको पनि अभिनय अभिनय रहनेछ । आगामी भदौ २० गतेबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । मोरङ जिल्लाको रङ्गेलीमा फिल्मको सम्पूर्ण छायांकन हुने निर्माण टीमले जानकारी दिएको छ ।
चलचित्रको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् । युवक कार्की र शिव थपलिया सह निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापतिले चलचित्रको छायांकन गर्नेछन् । निर्माता जीतेन्द्र खतिवडाले फिल्मको शीर्षक परिमार्जित गरिए पनि स्क्रिप्ट परिमार्जित नभएको जानकारी दिएका छन् ।