Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र होस्टेल पछि फुर्सदमा प्रकृति

अभिनेत्री प्रकृति श्रेष्ठको करिअर अहिले संकटउन्मुख छ । किनभने चलचित्रको असफलताले उनलाई छाडेको छैन । यद्यपि, उनले सफलता पनि देखेकी छन् । उनले मुख्य भूमिकामा अभिनय गरेको डेब्यू चलचित्र ‘होस्टेल’ नै हिट भएको थियो । उनले अभिनयमा राम्रो सम्भावना देखाएकी थिइन् । तर, यसपछि अरु चलचित्र सफल नहुँदा उनले अहिले पनि ‘होस्टेल’कै ब्याज खानु परिरहेको छ ।
‘होस्टेल’पछि उनले ‘आभाष’, ‘जिन्दगी रक्स’ र ‘उत्सव’मा काम गरिन् । तीनै चलचित्र असफल भए । यसपछि विवाह गरेर अष्ट्रेलिया हानिएकी उनी करिब ६ वर्षपछि चलचित्र ‘बिहे पास’बाट अभिनयमा फर्किइन् । चलचित्र उनको अपोजिटमा सुपरस्टार दयाहाङ राई थिए । प्रकृतिलाई डेब्यू जस्तै कमब्याक पनि सुखद हुने आशा थियो । तर, न चलचित्र चल्यो न उनको अभिनयको प्रशंसा भयो ।
हुन त उनलाई चलचित्रको असफलताले खासै अर्थ नराख्न सक्छ । किनकि, उनी अष्ट्रेलियामै ‘सेटल’ छिन् । चलचित्र अफर आउँदाखेरि अष्ट्रेलियाको व्यस्तताबाट समय निकालेर काम गर्ने मात्र हो । चलचित्रका भरमा करिअर र जीवन चलाउन पर्ने बाध्यता कमसेकम उनलाई छैन । तर, कलाकारको हिसाबमा उनको करिअरको समीक्षा त हुन्छ नै । अब प्रकृतिलाई एउटा हिट चलचित्रको खाँचो छ ।