Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र ‘ह्‍वाइट हाउस’मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । अभिनेत्री आँचल शर्मा नयाँ चलचित्र ‘ह्वाइट हाउस’मा अनुबन्धित भएकी छन् । सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने चलचित्रमा आँचलको शीर्ष भूमिका हुने जानकारी दिइएको छ ।
यो चलचित्रमा यसअघि रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्धित भइसकेका छन् । अभिनेता उप्रेतीले यसको कथावस्तु महत्वपूर्ण रहेकाले आफू खेल्न राजी भएको जनाएका छन् । राजदरबार घटनाको कथावस्तु पनि हल्का समावेश भएको उनले जनाए । चलचित्रको नाम ‘ह्वाइट हाउस’मा चेन्ज भएर ‘राज महल’ हुन सक्ने पनि उनले जानकारी दिए ।
रमेश मंगलबार अमेरिका उड्दैछन् । दशैं मनाएर उनी त्यहाँबाट फर्किएपछि चलचित्रको छायांकन सुरु हुने जनाइएको छ । ओस्कार कलेजमा पढेका सविनले केही छोटा चलचित्र र म्युजिक भिडियोलाई निर्देशन समेत गरेका छन् । अन्य कलाकारलाई चाँडै सार्वजनिक गरिने उनले जानकारी दिए ।
निर्देशक तोलांगीले केही छोटा चलचित्र र म्युजिक भिडियो निर्देशन गरेका छन् । अष्ट्रेलिया र नेपालमा सुटिङ हुने चलचित्र लागि बाँकी कलाकारको खोजी भइरहेको छ ।
यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्ने चलचित्रमा ‘पञ्चामृत’को छायांकन पूरा गर्ने जनाइएको छ । यो चलचित्रमा आँचलसँग धीरज मगर र सौगात मल्लको जोडी बाँधिने भएको छ ।