Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।
अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे। उनले प्रतिपक्षी दलहरूबीच सदनभित्र सहकार्य भइरहेको र सरकारका गतिविधिविरुद्ध संयुक्त रूपमा आवाज उठाउँदै आएको बताए।
‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपमा आवाज उठाउँछौँ,’ उनले भने, ‘सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ।’
प्रचण्डले सरकारका गतिविधिविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको बताए। यसका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजसँग निरन्तर छलफल भइरहेको उनको भनाइ छ।
‘नेपालमा ठूला–ठूला चाडपर्वको अगाडि छौँ। चाडपर्वको यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ,’ उनले भने, ‘चाडपर्वपछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’
उनले आगामी आन्दोलनका लागि जिम्मेवारीपूर्वक अघि बढ्दै सबै पक्षलाई समेट्नुपर्नेमा पनि जोड दिए।
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल